Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

१५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुट्दै : प्रचण्ड

१५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुट्दै : प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् ।

    images
    images
    images

    ‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले  अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्य बताए ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ती सदस्यको भनाइ छ ।

    images

    प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

    ‘बिहीबार अध्यक्षको डकुमेन्ट तयार भयो भने शुक्रबार स्थायी कमिटी बैठक बस्छ र छलफल हुन्छ’, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भने, ‘

     ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij