Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास : बाबुराम भट्टराईको आरोप

एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास : बाबुराम भट्टराईको आरोप

  • काठमाडौं । नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैँले दण्डित गर्ने दाबीसमेत गरे । अध्यक्ष भट्टराईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क पनि गरे ।

    images

    उनले भने, ‘लोकतन्त्रको मर्म विपरीत, संविधानको विपरीत त हुँदै हो । उहाँहरुले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्विकार गर्नु भएको छ । त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो ।  जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाई थियो ।’ अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij