Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक पनि स्थगित

एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक पनि स्थगित

  • काठमाडौँ । नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । 

    images
    images
    images

    बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । 

    images

    बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्‍याएकोमा आपत्ति जनाए । 

    साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

    एमालेले लामो समयदेखि संघीय संसदको बैठक अवरुद्ध पार्दै आएकामा प्रदेश सभा बैठकमा पनि अवरोध थालेको हो ।

    प्रदेश सभाको अर्को बैठक बिहीबार ११ बजे बस्नेगरी स्थगित भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij