
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ अजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै, प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।
प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।
यस्तै, पार्टीले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij