
May 17 2025 | २०८२, जेठ ३ गते
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ ।
पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो । धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन गर्न नसकेपछि अन्ततः चुनावी प्रक्रियामा जाने तयारी भएको हो ।
पार्टीको विराटनगर, तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा अध्यक्षसहितका पदाधिकारीका आकांक्षीले मत माग्न थालेका छन् ।
प्रदेश कमिटीको अध्यक्षमा साताजनाले दाबी गरेका छन् । तीन उपाध्यक्षका लागि एक दर्जनभन्दा धेरै र एक सचिवका लागि ६ जनाभन्दा धेरैले दाबी गरिरहेका छन् ।
माओवादी केन्द्रको विधानानुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij