
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij