May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij