Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक (सूचिसहित)

कांग्रेस महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक (सूचिसहित)

  • काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सार्वजनिक भएको छ ।

    images
    images
    images

    मतपरिणामअनुसार डा.डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा.आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    images

    यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएको समितिका सचिव केशव रिजालले जानकारी दिए । 

    पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए । 

    महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।  

    265864195_459532852356046_8037703637393421555_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij