Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

राष्ट्रिय सभाको बैठक कहिले बस्छ निश्चित छैन

राष्ट्रिय सभाको बैठक कहिले बस्छ निश्चित छैन

  • काठमाडौं ।  सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए । 

    images
    images
    images

    एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए । 

    images

    अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित् पक्षलाई रुलिङ गर्दैै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।

    तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरू अब अर्को बैठक अर्को सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’ अर्को बैठकको मिति नतोकिएकाले अब राष्ट्रिय सभाको बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij