
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्को गतिरोध अन्त्य गर्न तथा एमसीसी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने एमाले नेता शेरबहादुर तामाङले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij