
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना केहीबेरपछि हुने भएको छ ।
खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ ।
शनिबार रातिदेखि स्थगित गरिएको मतगणना अहिले केहीबेरमा गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि २३९३ मत गणना भएको थियो । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij