Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना सुरु,राठौरको अग्रता 

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना सुरु,राठौरको अग्रता 

  • काठमाडौं । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।  

    images
    images
    images

    यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।

    images

    आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खसर/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

    खसर/आर्यतर्फ  देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय सात र चालिसेले ९१ मत पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij