
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। सामाजिक सञ्जालमा बधाई र शुभकामना दिने क्रम चलिरहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले पनि उनीहरूलाई बधाई दिएका छन् । एमाले सचिव योगेश भट्टराईले गगन र विश्वप्रकाशलाई सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।
भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘मित्रहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई र शुभकामना छ ।’ यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि उहाँहरूलाई बधाई दिनुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij