
May 17 2025 | २०८२, जेठ ३ गते
अछाम । नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् । राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उनको भनाइ छ ।
अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउन कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताए । २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताए ।
देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उनले जोड दिए । हालैमात्र पार्टीको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भएको रावलले बताए ।
नेता रावलले संसद नियमित चल्नुपर्नेमा जोड दिए । सरकारका नियमित कामकारबाही चलिरहने गरी सदन अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सदन अवरुद्ध गर्नुले यतिबेला कुनै षड्यन्त्रको खेल भइरहेको उनको आशंका छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij