Jun 06 2026 | २०८३, जेठ २३ गते
हाइटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ। तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको शोक घोषणा गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij