Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

कोभिडले आधा अर्ब जनसंख्या गरिबीमा

कोभिडले आधा अर्ब जनसंख्या गरिबीमा

  • न्युयोर्क । विश्व्यापी फैलिएको कोभिड महामारीले विभिन्न क्षेत्रमा नकरात्मक असर गरेको छ । कोभिडले पारेको असरबारे विभिन्न संस्थाले विभिन्न अनुसन्धान गर्दै आएका छन् । तर, पछिल्लो एक अनुसन्धानले भने डरलाग्दो भविष्यवाणी गरेको छ । 

    images
    images
    images

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओओ) र विश्व बैंकले गरेको एउटा अनुसन्धानमा जारी महामारीका कारण विश्वको आधा अर्ब जनसंख्या चरम गरिबीमा धकेलिएको छ ।

    साथै, महामारीले विश्वव्यापी स्वास्थ्य पहुँचमा पनि गम्भीर असर गरेको छ । विभिन्न देशहरुले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने भएकोले विश्वको ठूलो जनसंख्या गरिबीमा धकेलिने ती संस्थाले गरेको अध्ययनको निस्कर्ष छ । महामारीले सन् १९३० पछि पहिलो पटक विश्वव्यापी आर्थिक संकट निम्त्याएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । 

    महामारीले सन् २०२० मा पूर्ण रुपमा स्वास्थ्य सेवामा अवरोध गरेको रिपोर्टमा औंल्याइएको छ । जसका कारण पहिलो पटक संसारमा पहिलो पटक खोप पहुँचमा ह्वात्तै गिरावट आएको छ  । गत वर्ष क्षयरोग र मलेरियाबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको थियो ।  


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij