
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन कार्य सुरु गरेका छन् ।
मतदाता नामावली दर्ता नभएकाले जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
यसका साथै आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सकिने छ ।
नामावली हेर्नको लागि नागरिकता नम्बर र नागरिकतामा उल्लेख भए अनुसारको नाम, ठेगाना र जन्ममिति आवश्यक पर्दछ ।
नामावली हेर्नका लागि निर्वाचन आयोग नेपालको वेबसाइट लिङ्कः
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij