
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहन बस्नेत विजयी भएका हुन् ।
बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भएका हुन् ।
यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।
यस्तै, महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी भएकी छन् । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।
यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित भएका हुन् ।
कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij