Jun 06 2026 | २०८३, जेठ २३ गते
रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अाज भेटवार्ता हुँदैछ। २१ अौं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो।
रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्ष अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा अाफ्नो पहुँच बढाउन चाहन्छ।
सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा, लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij