Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अमेरिकी सदन सिनेटका पूर्वसदस्य बब डोलको निधन

अमेरिकी सदन सिनेटका पूर्वसदस्य बब डोलको निधन

  • अमेरिकी सदन सिनेटका पूर्वसदस्य बब डोल ९८ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म सिनेट सदस्य रहेका तथा राष्ट्रपतिका उम्मेदवारसमेत बनेका डोलको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउन राष्ट्रपति जो बाइडेनले आदेश दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    दोस्रो विश्वयुद्धका भेट्रानसमेत रहेका डोलले यो वर्षको सुरुमा आफूले फोक्सोको क्यान्सरको उपचार गराइरहेको बताएका थिए। उनी लामो समयसम्म माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेताका रुपमा रहे।

    AGNI GROUP

    यस्तै उनी सन् १९९६ मा राष्ट्रपतिका उम्मेदवार बनेका थिए र बिल क्लिन्टनसँग पराजित भए। सन् १९४५ मा उनले दोस्रो विश्वयुद्धमा इटालीको उत्तरी क्षेत्रको युद्धमा सामेल भएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij