
Apr 30 2025 | २०८२, वैशाख १७ गते
समाचार संप्रेषणमा उल्लेखनीय भूमिका निभाएको भन्दै श्री कृष्ण प्रणामी युवा परिषद्ले उच्च मूल्यांकन गर्दै समाचार शाखाकी अनलाइन पत्रिकाकर्मी इना महर्जनलाई सम्मान गरेको हो ।
ललितपुर । श्री कृष्ण प्रणामी युवा परिषद्ले अनलाइन पत्रिका मिडिया हाउसलाई सम्मान गरेको छ । समाचार संप्रेषणमा उल्लेखनीय भूमिका निभाएको भन्दै परिषद्ले समाचार शाखाकी अनलाइन पत्रिकाकर्मी इना महर्जनलाई सम्मान गरेको हो ।
श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति हरिसिद्धिको आयोजना र जिल्ला समन्वय समिति ललितपुरको सहकार्यमा आयोजित ‘‘पृथ्वी परिक्रमा महोत्सव पदयात्रा’’ को कार्यक्रमलाई अनलाइन पत्रिका मिडिया हाउसद्धारा संचालित अनलाइन पत्रिका डटकमले विशेष महत्वका साथ समाचार संप्रेषण गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij