
Apr 30 2025 | २०८२, वैशाख १७ गते
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार पक्राउ परेका लोकबहादुर कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति हुन् ।
सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा लोकबहादुर कार्की पक्राउमा परेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् ।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।
घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij