Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर प्रहरीको अप्रेशन : युएन पार्कबाट पक्रिए युद्ध !

ललितपुर प्रहरीको अप्रेशन : युएन पार्कबाट पक्रिए युद्ध !

  • युद्ध बहादुर केसीले नक्कली लाइसेन्स, परीक्षा प्रवेशपत्र लगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए ।

    images
    images
    images

    ललितपुर । नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । कुपण्डोलस्थित युएन पार्कबाट युद्ध बहादुर केसीलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

    केसीले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा इन फार्मेसी तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातसमेत बनाईदिने गरेको आरोप छ ।

    युद्ध बहादुर केसीले नक्कली लाइसेन्स, परीक्षा प्रवेशपत्र लगायतका नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij