
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौला, प्रहरी प्रमुख किरण बज्राचार्यलगायत उद्दार टोली बोकेरै खोला थुनिएको स्थानमा पुगेका हुन् ।
ललितपुर । ललितपुर महानगरपालिका वडा. २५ नख्खुखोला छयासीकोटमा पहिरो गएको छ । पहिरोले खेती र एउटा टहरा बगाएको छ । निरन्तर परिरहेको अविरल वर्षाले टहरा बगाएपछि खोला थुनियो ।
यसले अझ समस्या ल्याउन सक्ने आंकलन गर्दै ललितपुर जिल्लाका प्रमुखहरु तत्कालै उद्दारका लागि छ्यासीकोट पुगेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौला, प्रहरी प्रमुख किरण बज्राचार्यलगायत उद्दार टोली बोकेरै खोला थुनिएको स्थानमा पुगेका हुन् ।
उद्दारका लागि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सक्रियतामा थुनिएको खोला खोलिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij