Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । चिनियाँ कम्पनीबाट निर्मित ‘वुलिङ हङ गुआङ मिनी इभी’ले टेस्लालाई उछिनेर संसारकै सबैभन्दा बढी बिक्री हुने बिजुली कार बनेको हो। अमेरिकी टेक्नोलोजी वेबसाइट ‘द भर्ज’का अनुसार सन् २०२१ को पहिलो दुई महिना, जनवरी र फेब्रुअरीमा मात्र वुलिङ हङ गुआङ मिनी ५६ हजार बिक्री भएको छ। जनवरीमा यो कार ३६ हजार बिक्री भएको छ भने टेस्ला मोडल ३ जम्मा २१ हजार ५ सय संख्यामा बिक्री भएको हो। फेब्रुअरीमा वुलिङको हङ गुआङ मिनीको बिक्री २० हजारभन्दा बढी रह्यो भने टेस्ला मोडल–३ को बिक्री १३ हजार ७ सय मात्र भएको रेकर्डमा उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij