Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चर्चित म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला पनि परेका छन्। उनीहरुको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर रहेको बताइएको छ। उक्त १२ महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि १ अर्ब डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ।यो सूचीमा फेसबुककी सीओओ शेरल स्यान्डबर्ग, होटल शिलाकी सीईओ तथा अध्यक्ष लि बु जिन र संस्थापकहरु झोउ क्युनफेई र किरण मजुमदार शालगायत रहेका छन्।
यी हुन् १०० शक्तिशाली महिला सूचीमा अटाएका १२ अर्बपतिः
अबिगेल जोन्सन (१५ अर्ब डलर)
साफ्रा काट्ज (१.२ अर्ब डलर)
ओप्रा विन्फ्रे (२.६ अर्ब डलर)
शेरल स्यान्डबर्ग (१.८ अर्ब डलर)
लाउरिन पवेल जब्स (२१.१ अर्ब डलर)
जिना राइनहार्ट (१६.७ अर्ब डलर)
म्याकेन्जी स्कट (५९.७ अर्ब डलर)
किरण मजुम्दार शा (४.६ अर्ब डलर)
झोउ क्युनफेई (१६.४ अर्ब डलर)
ज्युडिथ फल्कनर (५.५ अर्ब डलर)
लाम वाई यिंग (३.९ अर्ब डलर)
लि बु जिन (१.९ अर्ब डलर)
(उनीहरुको यो सम्पत्ति डिसेम्बर ७ सम्मको भएको फोर्ब्सले जनाएको छ।)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij