Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

तयार हुनुस्, ज्योतिको आइपीओ आजदेखि खुल्दै !

तयार हुनुस्, ज्योतिको आइपीओ आजदेखि खुल्दै !

  • कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    images
    images
    images

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज शुक्रवारबाट आइपीओ खुला गर्दैछ । कम्पनीले शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासनको मिति तोके पनि आजबाटै निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आइतवारबाट निष्कासन गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कम्पनीले मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको हो । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

    कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij