
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार २ कम्पनीको गरि कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो ।
आज आईसीएफसी फाइनान्सको १०।५० प्रतिशतले हुन आउने ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको १९।५० प्रतिशतले हुन आउने १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । आज नै सानिमा क्यापिटलको १२ करोड इकाई सानिमा लार्ज क्याप फण्ड सुचिकृत भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij