
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । मंगलबार नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयर मूल्यमा तिब्र उतार चढाव देखिएको छ । मंगलबार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको केहि समयपछि नेगेटिभ सर्किट लागेको छ ।
मंगलबार नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ७२६ पुगेको थियो । तर त्यसको १० मिनेट पनि नबित्दै कम्पनीकोशेयरमा नकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ५९४ मा आईपुगेको छ । कम्पनीको शेयरमा १० मिनेटको अन्तरमा सकारात्मक र नकारात्मक सर्किट लागेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij