Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतान्याहुको निर्देशन

गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतान्याहुको निर्देशन

  • काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका थप क्षेत्रमा नियन्त्रण कायम गर्न सेनालाई निर्देशन दिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    यो कदम सन् २०२५ को अक्टोबरमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको शर्तविपरीत मानिएको छ ।

    हाल गाजाका अधिकांश नागरिक समुद्री तट नजिकको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य छन् ।

    अनुमानअनुसार इजरायलले गाजा पट्टीको करिब ६४ प्रतिशत भूभागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ ।

    सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासले गरेको आक्रमणपछि सुरु भएको इजरायलको सैन्य अभियान दुई वर्षदेखि जारी छ ।

    यस अवधिमा गाजाको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट