Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकाको वासिङ्टनमा रहेको ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा मारिएका सन्दिग्धको पहिचान खुलेको छ।
ती व्यक्तिको नाम नासिर बेस्ट रहेको छ, जसको उमेर २१ वर्ष थियो।
घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले अमेरिकी सञ्चारमाध्यम सिबिएसलाई यो जानकारी दिएका हुन्।
स्रोतका अनुसार, सन् २०२५ को जुलाईमा पनि अमेरिकी सिक्रेट सर्भिसले उनलाई पक्राउ गरेको थियो, जब उनले ह्वाइट हाउसभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।
त्यसपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण उन लाई मनोचिकित्सा वार्डमा पठाइएको थियो।
सिक्रेट सर्भिसको विज्ञप्तिअनुसार शनिबार साँझ ६ बजे १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक उनले आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाउन थालेका थिए।
त्यसपछि सिक्रेट सर्भिस प्रहरीले जवाफी गोली चलाउँदा उनलाई गोली लागेको थियो। उनलाई अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij