Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्युबाली नेता राउल क्यास्ट्रोमाथि अमेरिकी नागरिकहरूको हत्याको आरोप

क्युबाली नेता राउल क्यास्ट्रोमाथि अमेरिकी नागरिकहरूको हत्याको आरोप

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले क्युबाका नेता राउल क्यास्ट्रोमाथि अमेरिकी नागरिकहरूको हत्या गराएको आरोप लगाएको छ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकाले सन् १९९६ मा दुई विमान खसाल्ने र अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र रचेको लगायतका गम्भीर आरोप क्यास्ट्रोमाथि लगाएको हो।

    AGNI GROUP

    अमेरिकी न्याय विभागले बुधबार दायर गरेको मुद्दामा क्यास्ट्रो र अन्य पाँच जनाले क्युबा–अमेरिकी संगठन ब्रदर्स टु द रेस्क्युका दुई विमान खसाल्न भूमिका खेलेको उल्लेख गरेको छ।

    उक्त घटनामा चार जनाको मृत्यु भएको थियो, जसमा तीन अमेरिकी नागरिक थिए। अहिले ९४ वर्षका क्यास्ट्रो त्यसबेला क्युबाली सेनाका प्रमुख थिए।

    विमान खसालिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको थियो।

    अमेरिकाले क्युबाको कम्युनिस्ट सरकारमाथि दबाब बढाइरहेका बेला क्युबाका राष्ट्रपति मिगेल डियास–कानेलले यी आरोपलाई “राजनीतिक चाल” भएको बताएका छन्।

    उनले आरोपहरूको कुनै कानुनी आधार नभएको दाबी गरेका छन्।

    मियामीस्थित फ्रिडम टावरमा बोल्दै अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लाञ्चले राउल क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको तथा चार फरक हत्या अभियोग पनि लगाइने बताए।

    घटनामा मारिएका व्यक्तिहरूमा आर्मान्डो अलेजान्द्रे जुनियर, कार्लोस अल्बर्टो कोस्टा, मारियो म्यानुअल डे ला पेना र पाब्लो मोरालेस रहेका छन्।

    ब्लाञ्चले भने, “अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई बिर्सँदैनन् र कहिल्यै बिर्सने छैनन्।”

    यी आरोपमाथि अमेरिकी अदालतमा सुनुवाइ हुनेछ। केही आरोपमा आजीवन कारावाससम्म सजाय हुन सक्छ भने हत्या अभियोगमा मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्ने बताइएको छ।

    यो मुद्दा अमेरिका र क्युबाबीच राजनीतिक तनाव बढिरहेका बेला सार्वजनिक भएको हो।

    अमेरिकाले क्युबाको एकदलीय कम्युनिस्ट व्यवस्थामाथि राजनीतिक तथा आर्थिक सुधारका लागि दबाब बढाइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट