Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोदीको निर्देशन- पेट्रोलियम पदार्थको कम प्रयोग गर्नु, विदेशी विनिमयको बचत गर्नु

मोदीको निर्देशन- पेट्रोलियम पदार्थको कम प्रयोग गर्नु, विदेशी विनिमयको बचत गर्नु

  • काठमाडौँ । मध्यपूर्वमा जारी सङ्कटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

    उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा दिने सरकारको नीति रहेको बताए ।  

    AGNI GROUP

    उनले हैदराबादमा नौ अर्ब ४० करोड भारतीय रुपैँयाका परियोजनाहरूको उद्घाटन र शिलान्यास समारोहमा बोल्दै देशलाई मध्यपूर्वमा जारीे युद्धबिच आउने सबै खाले सङ्कटलाई टार्न नागरिकसमेतले विवेकपूर्णरूपमा दैनिकी चलाउनुपरेको उल्लेख गरे ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने गरेको बताउँदै यस्तोमा यदि मानिसहरुले आवश्यकता भन्दा बढी पेट्रोल, डिजेल र ग्यासको प्रयोग गरे भने त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट