Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्‍यो टिएमसी

पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्‍यो टिएमसी

  • काठमाडौँ । भारतको पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा)ले १५५ सिटमा अग्रता लिइरहेको छ।

    AGNI GROUP

    सत्तारूढ अल इन्डिया त्रिणमूल कांग्रेस (टिएमसी)सहितको गठबन्धनका उम्मेदवारहरू ५८ सिटमा अगाडि रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।वामपन्थी गठबन्धन २ सिटमा अगाडि छन्। पश्चिम बंगालमा दुई चरणमा मतदान भएको थियो। यहाँ १५ वर्षदेखि ममता बनर्जीको टिएमसी सत्तामा छ।

    लामो समयको कम्युनिस्ट वर्चश्व अन्त्य गर्दै सन् २०११ मा अल टिएमसी सत्तामा आएको थियो। २०१६ को चुनावमा प्रतिस्पर्धामै नदेखिएको भाजपाले २०२१ मा सामान्य टक्कर दिएको थियो। यसपालिको विधानसभा चुनावमा टिएमसी र भाजपाबीच कडा टक्कर हुने एक्जिट पोलहरूको विश्लेषण थियो।

    प्रारम्भिक नतिजाअनुसार भाजपा अन्ततस् पश्चिम बंगालमा पनि प्रवेश गरेको भनेर हिन्दुस्तान टाइम्सले विश्लेषण गरेको छ।पश्चिम बंगालको २९४ सिट रहेको विधानसभा मध्ये २९३ सिटको मतपरिणाम आज सार्वजनिक हुने छ। बहुमतका लागि १४८ सिट आवश्यक पर्छ।

    तामिल नाडूमा सत्तारूढ डिएमकेसहितको गठबन्धनले सुरूवाती अग्रता लिएको छ। डिएमकेले त्यहाँ कांग्रेस आईसँग गठबन्धन गरेको छ। चर्चित तामिल अभिनेता विजयको पार्टी तीव्र प्रतिस्पर्धासहित दोस्रो स्थानमा देखिएको छ। भाजपासहितको गठबन्धन तेस्रो स्थानमा छ।
    तामिलनाडू विधानसभा २३४ सदस्यीय छ। बहुमतका लागि कम्तिमा ११८ सिट जित्नुपर्नेछ। केरलमा युनाइटेड डेमोक्र्याटिक फ्रन्ट ९युडिएफ०ले सुरूवाती अग्रता कायम गरेको छ। लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडिएफ) दोस्रो र भाजपासहितको एनडिए गठबन्धन तेस्रो स्थानमा छ।

    आसाममा भाजपासहितको एनडिए अगाडि छ। कंग्रेस आईसहितको गठबन्धन दोस्रो स्थानमा छ। १२६ सदस्यीय आसाममा बहुमतका लागि न्यूनतम ९४ सिट आवश्यक रहन्छ।

    पुडुचेरीमा पनि भाजपासहितको एनडिए अगाडि छ। डिएमके र कंग्रेस आईसहितको गठबन्धन दोस्रो स्थानमा छ। ३० सदस्यीय पुडेचेरी विधानसभामा जितका लागि कम्तिमा १३ सिट जित्नुपर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट