Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानका बासिन्दालाई पुनः आफ्नो क्षेत्र खाली गर्न आदेश दिएको छ।
विशेषगरी जहरानी नदीको दक्षिणमा बसोबास गर्ने नागरिकहरूलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न भनिएको हो।
यो क्षेत्र इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा पर्दछ। यसअघि नै गत हप्ता आईडीएफले आफ्नो चेतावनीको दायरा विस्तार गर्दै नागरिकहरूलाई नदीको उत्तरतर्फ सर्न आग्रह गरेको थियो।
सामाजिक सञ्जाल (एक्स) मार्फत जारी गरिएको वक्तव्यमा आईडीएफका प्रवक्ताले भनेका छन्, ‘हिज्बुल्लाहका गतिविधिका कारण उक्त क्षेत्रमा कडा सैन्य कारबाही गर्नुपर्ने अवस्था आएको हो, तर हाम्रो उद्देश्य नागरिकलाई हानि पुर्याउने होइन।’
यो आदेश पछिल्लो रातदेखि आज बिहानसम्म दक्षिणी लेबनानमा भएका इजरायली हवाई आक्रमणपछि जारी गरिएको हो, जसले क्षेत्रीय तनावलाई अझ बढाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij