Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युद्ध अन्त्य गर्न इरानका तीन सर्त

युद्ध अन्त्य गर्न इरानका तीन सर्त

  • काठमाडौं । इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार पहिलो सर्त इरानका कानुनी अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिनु हो । दोस्रो, युद्धका कारण इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।

    AGNI GROUP

    तेस्रो सर्तका रूपमा उनले भविष्यमा इरानमाथि पुन: आक्रमण नहुने गरी बलियो अन्तर्राष्ट्रिय प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।

    राष्ट्रपति पेजेश्कियानले यी तीन सर्त स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट