Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थप दुई इरानी महिला फुटबल खेलाडीलाई अस्ट्रेलियामा शरण

थप दुई इरानी महिला फुटबल खेलाडीलाई अस्ट्रेलियामा शरण

  • काठमाडौँ । इरानी महिला फुटबल टोलीका थप दुई खेलाडीले अष्ट्रेलियामा शरण पाएका छन् । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले दिएको जानकारीअनुसार ती दुई खेलाडीलाई यसअघि मानवीय भिसा पाएका पाँच जनासँग पुनर्मिलन गराइएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री बर्कका अनुसार एक दिनअघि मानवीय भिसा पाउने समूहमा एक खेलाडी र टोलीका एक सदस्यसमेत थिए । उनीहरूले टोलीका अन्य सदस्यलाई विमानस्थल पुर्‍याउनुअघि नै अष्ट्रेलियामा शरण मागेका थिए ।

    AGNI GROUP

    यसबीच इरानी महिला फुटबल टोलीका बाँकी सदस्यहरू भने सिड्नीबाट इरान फर्किएको जनाइएको छ । टोली फर्कने क्रममा होटल र विमानस्थल क्षेत्रमा केही इरानी मूलका अष्ट्रेलियाली नागरिकहरूले विरोध प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीहरूले ती महिला खेलाडीहरूलाई इरान नफर्किन आग्रह गरेका थिए । उनीहरूले इरान फर्केपछि खेलाडीहरूको सुरक्षा जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्दै अष्ट्रेलियामै सुरक्षित रूपमा बस्ने वातावरण उपलब्ध गराउन माग गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij