Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकालाई हतियार लैजानबाट रोक्न सकिदैन- दक्षिण कोरिया

अमेरिकालाई हतियार लैजानबाट रोक्न सकिदैन- दक्षिण कोरिया

  • काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले अमेरिका आफ्ना हतियार अन्यत्र लैजान चाहे त्यसलाई रोक्न नसकिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको यो अभिव्यक्ति अमेरिका आफ्नो पैट्रियट मिसाइल प्रतिरक्षा प्रणाली ईरानसँग जारी युद्धका लागि अन्य स्थानमा पठाउने तयारीमा रहेको भन्ने समाचार सार्वजनिक भएपछि आएको हो ।

    AGNI GROUP

    यी खबरपछि एशियामा चिन्ता बढेको छ । यदि अमेरिकाले केही हतियार फिर्ता लैजाने हो भने चीन र उत्तर कोरियाबाट हुन सक्ने सैन्य चुनौतीका बीच अमेरिकाका सहयोगी देशहरू कमजोर बन्न सक्ने आशंका व्यक्त गरिएको छ ।

    राष्ट्रपति लीले भने ती हतियार हटाइए पनि अत्यधिक चिन्ता लिनुपर्ने अवस्था नभएको बताएका छन् । उनका अनुसार रक्षा बजेट र परम्परागत सैन्य शक्तिको हिसाबले दक्षिण कोरिया उत्तर कोरियाभन्दा धेरै बलियो छ ।

    दक्षिण कोरियामा अमेरिकाका केही हतियार, जस्तै पैट्रियट मिसाइल प्रणाली, तैनाथ रहेका छन्। ती हतियार अमेरिकाकै स्वामित्वमा भए पनि दक्षिण कोरियाको सुरक्षाका लागि त्यहाँ राखिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij