Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतार एयरवेजबाट १५ मार्चसम्मको टिकट बुकिङ गरेका यात्रुले मिति परिवर्तन वा रिफन्ड पाउने

कतार एयरवेजबाट १५ मार्चसम्मको टिकट बुकिङ गरेका यात्रुले मिति परिवर्तन वा रिफन्ड पाउने

  • काठमाडौं । अन्तर्राष्ट्रिय विमान सेवा कम्पनी कतार एयरवेजले यात्रुहरूलाई यात्रा मिति परिवर्तन वा टिकटको बाँकी रकम फिर्ता लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    एयरवेजले एक सूचना जारी गर्दै २८ फेब्रुअरीदेखि १५ मार्च २०२६ बीच यात्रा मिति भएको प्रमाणित बुकिङ भएका यात्रुहरूले यो सुविधा लिन सक्ने जनाएको छ ।

    AGNI GROUP

    ती यात्रुले मूल यात्रा मितिबाट अधिकतम १४ दिनभित्र निःशुल्क मिति परिवर्तन गर्न सक्नेछन् । विकल्पका रूपमा यात्रुले टिकटको प्रयोग नभएको रकमको रिफन्ड पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

    कतार एयरवेजका अनुसार अन्य मितिका बुकिङ भएका यात्रुहरूले भने आफ्नो यात्रा व्यवस्थापन कतार एयरवेजको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत गर्न सक्नेछन् ।

    यदि टिकट ट्राभल एजेन्ट वा तेस्रो पक्षको वेबसाइटबाट बुक गरिएको हो भने आवश्यक सहयोगका लागि सम्बन्धित एजेन्ट वा वेबसाइटसँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

    साथै, कम्पनीले यात्रुहरूलाई थप जानकारीका लागि आधिकारिक माध्यमहरू प्रयोग गर्न पनि आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij