Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानले तेल आपूर्ति अवरुद्ध गरे २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने ट्रम्पको चेतावनी

इरानले तेल आपूर्ति अवरुद्ध गरे २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने ट्रम्पको चेतावनी

  • काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले इरानले होर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति रोक्ने प्रयास गरे अमेरिका २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने बताएका छन् । दुश्मन पूर्ण रूपमा कमजोर नहुन्जेल युद्ध जारी रहने उनको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पका अनुसार युद्ध सुरु भए यता अमेरिका र इजरायलले मिलेर ईरानका पाँच हजारभन्दा बढी सैन्य ठेगानामा आक्रमण गरिसकेका छन् । केही अत्यन्त महत्वपूर्ण स्थानलाई भने आवश्यक परेपछि कारबाही गर्नका लागि अहिले जानाजानी निशाना नबनाइएको उनले बताएका छन् ।

    AGNI GROUP

    उनले अमेरिका र इजरायलले युद्धमा ठूलो अग्रता हासिल गरिसकेको दाबी गर्दै लडाइँ चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन् । तर हालका लागि सैन्य कारबाही भने निरन्तर जारी रहने उनले बताएका छन् ।

    ट्रम्पले विश्वमा तेल आपूर्ति रोक्ने प्रयास भए ईरानका ठूला विद्युत् उत्पादन केन्द्रहरूमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । त्यस्ता केन्द्रहरूमा आक्रमण भए पुनः निर्माण गर्न ईरानलाई धेरै वर्ष लाग्ने उनले बताएका छन् । यसैबीच ट्रम्पले अली खामेनीको मृत्यु पछि उनका छोरा मुज्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेता बनाउने निर्णयलाई ठूलो गल्ती भएको बताएका छन् । उनले यस्तो निर्णयले विश्वका लागि थप समस्या सिर्जना गर्न सक्ने टिप्पणी गरेका छन् ।

    ट्रम्पले अमेरिकी सेनाले ईरानका करिब ८० प्रतिशत मिसाइल प्रक्षेपण स्थल नष्ट गरिसकेको दाबी पनि गरेका छन् । साथै ड्रोन बनाउने केन्द्रहरूमा गरिएको आक्रमणले ईरानको ड्रोन क्षमता कमजोर भएको उनको भनाइ छ । उनले आक्रमणका क्रममा ईरानको नौसेनालाई पनि ठूलो क्षति पुगेको दाबी गर्दै ४६ वटा जहाज डुबाइएको बताएका छन् ।

    तर ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले ट्रम्पका दाबी अस्वीकार गरेको छ । सो संगठनका प्रवक्ता अली मोहम्मद नाएनीले युद्ध कहिले अन्त्य हुने भन्ने निर्णय अमेरिका होइन, ईरानले गर्ने बताएका छन् । नाएनीले अमेरिका आफ्नो हार लुकाउन झुटा सैन्य सफलता देखाउने प्रयास गरिरहेको आरोप लगाए । उनका अनुसार अमेरिकाको गोला-बारुद सकिन लागेको छ र त्यसैले युद्धबाट बाहिरिने बाटो खोजिरहेको छ ।

    उनले फारसको खाडी क्षेत्रमा अमेरिकाका केही सैन्य आधार नष्ट भएको दाबी गर्दै ईरानको मिसाइल शक्ति अझ बलियो बनेको बताएका छन्। साथै उनले अहिलेको अवस्थामा आक्रमणकारी देश र उनका सहयोगीलाई यस क्षेत्रबाट एक थोपा तेल पनि बाहिर जान नदिने चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij