Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायली आक्रमणः

४ जनाको मृत्यु, १० घाइते

४ जनाको मृत्यु, १० घाइते

  • काठमाडौं । लेबनानको राजधानी बेरुतमा रहेको एउटा होटलमा इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ र अन्य १० जना घाइते भएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी रोयटर्सका अनुसार, उक्त होटल दक्षिणी लेबनान र बेरूतको दक्षिणी उपनगरमा भइरहेको लडाइँका कारण घरबारविहीन भएका मानिसहरूलाई बस्नका लागि प्रयोग भइरहेको थियो ।

    AGNI GROUP

    थप आक्रमण हुने डरका कारण केही मानिसहरू भवनबाट बाहिर निस्किरहेको पनि देखिएको छ ।

    अर्कोतर्फ, इजरायल रक्षा बलले टेलिग्राममा पोस्ट गर्दै उनीहरूले “सटीक आक्रमण” गरेको र त्यसको निशाना कुद्स फोर्सका “मुख्य कमाण्डर” रहेको बताएका छन् ।

    आईडीएफले यस हप्ताको सुरुवातमा लेबनान कोर्प्सका अस्थायी कमाण्डर दाऊद अलीजादेहलाई मारिएको दाबी पनि गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij