Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ- इरान

होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ- इरान

  • काठमाडौँ । इरानी सेनाले होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण हासिल गरेको जनाएको छ । यो जलमार्ग तेल र ग्यास आपूर्तिको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

    onlinepatrika
    Arghakhachi

    इरानी सेनाले यस मार्गबाट गुज्रने कुनै पनि जहाजलाई मिसाइल वा ड्रोनमार्फत निशाना बनाइने चेतावनी दिएको छ ।

    AGNI GROUP

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन नौसेना महत्वपूर्ण खाडी शिपिंग मार्गबाट तेल ट्यांकरहरूलाई सुरक्षा प्रदान गर्न पूर्ण तयारीमा रहेको बताएका थिए र उनले त्यसका लागि अमेरकी नौसेनालाई निर्देशन समेत दिइसकेका छन् ।

    यस मार्गबाट ढुवानी हुने इन्धनले विश्वको २० प्रतिशत इन्धन कभर गर्ने हुनाले यो मार्ग अवरुद्ध हुदा विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij