Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छर्रा लागेर ११ वर्षकी बालिकाको मृत्यु

छर्रा लागेर ११ वर्षकी बालिकाको मृत्यु

  • काठमाडौं । कुवेतमा एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । इजरायल–अमेरिका–ईरानबीच जारी द्वन्द्वका बीचमा आवासीय क्षेत्रमा खसेको छर्राबाट घाइते भएकी बालिकाको उपचारका क्रममा निधन भएको कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार, मार्च ४ मा पुष्टि गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कुवेत सिटीको राजधानी क्षेत्रमा घाइते भएकी बालिकाबारे जानकारी पाएलगत्तै आपतकालीन स्वास्थ्य टोली घटनास्थलमा पुगेका थिए । एम्बुलेन्समा राखेर अल-अमिरी अस्पतालतर्फ लैजाने क्रममा पुनर्जीवन प्रयास गरिएको थियो ।

    AGNI GROUP

    अस्पताल पुगेपछि पनि करिब आधा घण्टासम्म उपचार प्रयास जारी राखिएको तर अन्ततः उनको ज्यान बचाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij