Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतारमा इरानी सेनाका १० संदिग्ध जासुस पक्राउ

कतारमा इरानी सेनाका १० संदिग्ध जासुस पक्राउ

  • काठमाडौँ । कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कतारको सरकारी समाचार संस्थाका अनुसार बुधबार बिहानै सुरक्षा निकायले आईआरजीसीका लागि काम गरिरहेका दुई समूहलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये सात जनालाई देशका महत्वपूर्ण र सैन्य पूर्वाधारसम्बन्धी सूचना संकलन गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।

    AGNI GROUP

    त्यस्तै, अन्य तीन जना संदिग्धलाई ड्रोन प्रयोगसम्बन्धी तालिम दिइएको आरोप लगाइएको छ ।

    सरकारी समाचार संस्थाका अनुसार अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युशनरी गार्डसँग सम्बन्धित रहेको स्वीकार गरेका छन् । साथै उनीहरूलाई जासुसी तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मा दिइएको बयान दिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij