Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिका-इरान वार्तामा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्ताव

अमेरिका-इरान वार्तामा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्ताव

  • काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीच विश्वका शक्तिशाली मुलुकहरू फरक फरक धारमा उभिन थालेका छन् । भारतसहित केही देशहरूले तटस्थ भूमिका अपनाउने बताएका बेला इन्डोनेसियाले भने अमेरिका र इरानबीच मध्यस्थता गर्न तयारी जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै पक्ष सहमत भए राष्ट्रपति प्रबोवो सुबियान्तो अमेरिका र इरानबीच वार्ता गराउन तेहरान जानसमेत तयार रहेको जनाइएको छ ।

    AGNI GROUP

    जकार्तास्थित इरानी दूतावासले आइतबार जारी गरेको वक्तव्यमा इन्डोनेसियाबाट आएको मध्यस्थताको प्रस्तावलाई स्वागत गरिएको उल्लेख गरिएको छ । दूतावासले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै इन्डोनेसियाली नेतृत्वले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुपर्ने पनि जनाएको छ ।

    पश्चिम एसियामा तनाव बढिरहेका बेला सम्भावित कूटनीतिक पहलले अवस्था शान्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij