Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युएईमा इरानको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु

युएईमा इरानको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु

  • काठमाडौँ । इरानले गरेको प्रतिआक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाल, पाकिस्तान र बंगलादेशका एक एक जना रहेको जानकारी दिएको छ । मन्त्रालयले मृतकको नाम भने खुलाएको छैन । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणाली पार गर्दै प्रवेश गरेका इरानी ड्रोन आक्रमणका कारण जमिनमा क्षति हुँदा पाकिस्तान, नेपाल र बंगलादेशका एक-एक नागरिकको मृत्यु भएको हो । घटनामा कम्तीमा ५८ जना सामान्य घाइते भएका छन् ।

    AGNI GROUP

    यूएईका अनुसार इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये १५२ वटा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको र १३ वटा समुद्रमा खसेका थिए । साथै प्रहार गरिएका दुईवटा क्रुज मिसाइल पनि नष्ट गरिएको जनाइएको छ ।

    त्यस्तै, इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा अवरोध गरी खसालिएको तथा ३५ वटा ड्रोन यूएईको भू-भागभित्र खसेका मन्त्रालयले जनाएको छ । मिसाइल र ड्रोन अवरोध गर्दा खसेका अवशेषका कारण विभिन्न स्थानमा नागरिक संरचनामा सामान्यदेखि मध्यम क्षति पुगेको बताइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij