Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यूएई र शारजाहबाट नेपाल आउने ४ उडान स्थगित

यूएई र शारजाहबाट नेपाल आउने ४ उडान स्थगित

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) अबुधाबी र शारजाहबाट नेपाल आउने मार्च १ अर्थात आजको एउटा उडान र भोलि हुने भनिएका ३ वटा उडान स्थगित भएका छन् । मार्च १ र २ तारिखका लागि तय गरिएका शारजाह र अबुधाबीबाट काठमाडौं आउने र जाने उडानहरुलाई हालका लागि स्थगित गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    एयर स्पेस बन्द भएका कारण केही उडानहरुमा हेरफेर तथा स्थगित भएको हो । केही निश्चित उडानहरूको तालिकामा सामान्य परिवर्तन गरिएको छ । यसरी उडानहरु स्थगित गरिनुको मुख्य कारण यात्रुहरूको सुरक्षा रहेको छ र मध्यपूर्वका देशमा युद्ध भएका कारण उडान स्थगित गरिएको हो ।

    AGNI GROUP

    एयर स्पेस बन्द भएको परिस्थितिलाई सदुपयोग गर्दै उड्डयन निकायहरूले प्राविधिक पक्षको सूक्ष्म अध्ययन र व्यवस्थापकीय सुधारका कार्यहरू अगाडि बढाएका छन् ।

    स्थगित भएका उडानहरुमा मार्च १ का लागि तय भएको उडान नम्बर जी ९५३०र५३१ शारजाह(काठमाडौं(शारजाह रहेको छ । त्यसैगरी, मार्च २ तारिखका लागि निर्धारित जी ९५३६र५७१ शारजाह-काठमाडौं-शारजाह, ३ एल ०४३र०४४ अबुधाबी-काठमाडौं-अबुधाबी र जी ९५३२र५३३ शारजाह-काठमाडौं-शारजाह का उडानहरु पनि हालका लागि रोकिएका छन् ।

    यात्रुहरूले आफ्नो परिवर्तित उडान तालिका र थप जानकारीका लागि सम्बन्धित एयरलाइन्सको आधिकारिक वेबसाइट वा प्रतिनिधिहरूसँग सम्पर्क राख्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij