Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओमानको मसन्दाम तट नजिकै तेल बोक्ने जहाजमाथि आक्रमण

ओमानको मसन्दाम तट नजिकै तेल बोक्ने जहाजमाथि आक्रमण

  • काठमाडौँ । ओमानको मसन्दाम तट नजिकै एक तेल बोक्ने जहाजमाथि आक्रमण भएको छ । आइतबार ओमानको समुद्री सुरक्षा केन्द्रले दिएको जानकारीअनुसार तटबाट करिब पाँच नौटिकल माइल दूरीमा उक्त घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आक्रमणमा परी चार जना घाइते भएका छन् भने जहाजमा रहेका २० जना चालक दलका सबै सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ । ’स्काइलाइट’ नाम रहेको उक्त जहाज प्रशान्त महासागरस्थित सानो द्वीपीय राष्ट्र पलाउको झण्डा अन्तर्गत सञ्चालनमा रहेको थियो ।

    AGNI GROUP

    समुद्री सुरक्षा केन्द्रका अनुसार घाइते तथा चालक दलको उद्धार ओमानको नौसेना र सैनिक टोलीले संयुक्त रूपमा गरेको हो । यस घटनाले समुद्री आपत्कालीन अवस्थासँग जुध्न देश तयार रहेको सन्देश दिएको पनि केन्द्रले जनाएको छ ।

    हालै इरान र अमेरिकाबीच नयाँ आणविक सम्झौताका विषयमा भएको वार्तामा ओमानले मध्यस्थकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अवस्थामा यो घटना सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij