Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खामेनी मारिएपछि पाकिस्तानमा अमेरिकी दुताबासमा आक्रमण

खामेनी मारिएपछि पाकिस्तानमा अमेरिकी दुताबासमा आक्रमण

  • काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि पाकिस्तानको कराचीमा व्यापक विरोध प्रदर्शन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय समूहले कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    प्रदर्शनका क्रममा आक्रोशित समूहले दूतावासको प्रवेशद्वारतर्फ अघि बढ्दै तोडफोड गरेको तथा केही स्थानमा आगजनी समेत भएको खबर आएको छ । घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ ।

    स्थिति तनावपूर्ण बनेपछि सुरक्षा निकायले प्रदर्शन नियन्त्रणमा लिन थप सतर्कता अपनाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    त्यस्तै इराकको राजधानी बगदादमा पनि तनाव बढेको बताइएको छ । सयौँ प्रदर्शनकारीले अमेरिकी दूतावास रहेको कडा सुरक्षा घेराभित्रको ग्रीन जोन क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij