Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाका सहयोगी देशमा आक्रमण नगर्न इरानलाई ट्रम्पको चेतावनी

अमेरिकाका सहयोगी देशमा आक्रमण नगर्न इरानलाई ट्रम्पको चेतावनी

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिका तथा उसका सहयोगी देशहरूमाथि आक्रमण नगर्न कडा चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले आजसम्मकै शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको उल्लेख गर्दै इरानले यदि अमेरिका वा इजरायलमाथि हमला गरे त्यसको जवाफमा अहिलेसम्म कहिल्यै नदेखिएको शक्तिशाली सैन्य कारबाही गरिने चेतावनी दिएका हुन् ।

    AGNI GROUP

    ट्रम्पले इरानलाई प्रतिकारात्मक कदम नचाल्न आग्रह गर्दै आक्रमण भए कडा प्रतिक्रिया दिइने स्पष्ट पारेका छन् । उनले भनेका छन्– ’इरानले भर्खरै भनेको छ, उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै प्रहार नगरेको भन्दा कडा । यद्यपि, उनीहरूले त्यसो नगरेकै राम्रो, किनकि यदि उनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई यस्तो बलले प्रहार गर्नेछौं, जुन पहिले कहिल्यै देखिएको थिएन !’

    शनिबारदेखि अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानमा सर्वोच्च नेता आयोतुल्लाह खामेनीसहित शिर्ष ४० वरिष्ठ अधिकारी मारिएको दाबी गरिएको छ । आफ्ना सर्वोच्च नेता मारिएपछि इरानले जवाफी कारवाही गर्दै मध्यपुर्वका ९ देशमा आक्रमण गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij